नाडाको कार्यसमिति बैठक पोखरामा सम्पन्न

नाडाको कार्यसमिति बैठक पोखरामा सम्पन्न

पोखरा – नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालको कार्यसमितिको चौथो बैठक पोखरामा सम्पन्न भएको छ ।

उपत्यकाबाहिर भएको सो बैठक नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका कार्यवाहक अध्यक्ष कृष्णप्रसाद दुलालको अध्यक्षतामा बसेको थियो ।

बैठकले २०७५/७६ को मौद्रिक नीति माथि छलफल गरी आलोचनात्मक सर्मथन गरेको छ । साथै नेपालमा अटोमोवाइल व्यवसायको वर्तमान अबस्था र सम्भावनाको बिषयलाई अध्ययन अनुसन्धान गरी यथार्थ विवरण बाहिर ल्याउने काम अगाडि बढाउने भएको छ ।

बैठकले आगामी भाद्र २६ गतेबाट हुने नाडा अटो शो २०१८ लाई भव्य बनाउने बताएको छ ।

त्यसैगरी भदौ १५ गते नाडाले आफ्ना सदस्यहरुलाई कर तथा भन्सार सम्बन्धी जानकारी दिने उद्देश्यले एक दिने तालिम कार्यक्रम आयोजना गर्ने बताएको छ ।

Leave comments

Your email is safe with us.