...
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको ५०औँ स्वर्ण उत्सवको अवसरमा चितवन अटोमोबाइल्स एशोसिएशनको आयोजनामा मिति २०८३ असार २८ गते आइतबार जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनमा ट्राफिक सामग्री हस्तान्तरण तथा ट्राफिक सचेतना कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रम चितवन अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष श्री मोहन के.सी.ज्यूको अध्यक्षता तथा जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनका प्रमुख प्रहरी निरीक्षक श्री अनिल थापाज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। कार्यक्रममा निवर्तमान अध्यक्षज्यू, संस्थाका पूर्व अध्यक्षज्यूहरू, सल्लाहकारज्यू, कार्यसमितिका पदाधिकारी एवं सदस्यज्यूहरू, ट्राफिक प्रहरीका प्रतिनिधिहरू, अटोमोबाइल व्यवसायी तथा अन्य सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा ट्राफिक सचेतनासम्बन्धी सामग्री हस्तान्तरण गर्नुका साथै सुरक्षित, व्यवस्थित र जिम्मेवार सडक संस्कृतिको विकासका लागि ट्राफिक प्रहरी र अटोमोबाइल क्षेत्रबीचको सहकार्य, समन्वय तथा आपसी सम्बन्धलाई अझ प्रभावकारी र सुदृढ बनाउने विषयमा फलदायी छलफल गरिएको थियो। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रमुख अतिथि, सम्पूर्ण अतिथिवर्ग, सहभागीहरू तथा सहयोगी महानुभावहरूप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा चितवन अटोमोबाइल्स एशोसिएशन हार्दिक आभार व्यक्त गर्दछ। #NADA50 #GoldenJubilee #NADA #ChitwanAutomobilesAssociation #TrafficAwareness #RoadSafety #TrafficPolice #Chitwan #AutomobileIndustry #SafeRoads #NADAFamily

Photo Gallery



Video Gallery