नाडाको ५०औँ स्वर्ण उत्सवको अवसरमा हेटौँडामा ट्राफिक सामग्री हस्तान्तरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न।
हेटौँडा अटोमोबाइल्स एशोसिएशनका अध्यक्ष श्री धर्मराज धिमालज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका नगर प्रमुख श्रीमती मीना कुमारी लामाज्यूको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा हेटौँडा उपमहानगरपालिका वडा नं. ११ का अध्यक्ष श्री जुना दाहालज्यू, नाडा केन्द्रीय सदस्य श्री दामोदरप्रसाद अटलज्यू, हेटौँडा उपमहानगरपालिका वडा नं. १ का अध्यक्ष श्री सबिन न्यौपानेज्यू, सामुदायिक प्रहरी केन्द्र हेटौँडा–११ का अध्यक्ष श्री देवकुमार श्रेष्ठज्यू, सामुदायिक प्रहरी केन्द्र हेटौँडा–१० का अध्यक्ष श्री प्रदीप कँडेलज्यू, जिल्ला प्रहरी कार्यालय, मकवानपुरका प्रमुख श्री श्यामबहादुर खत्रीज्यू, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुरका प्रमुख श्री रमेश बिष्टज्यू, नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष श्री बालकृष्ण अधिकारीज्यू, मोटरसाइकल व्यवसायी संघका अध्यक्ष श्री इन्द्रकुमार मोक्तानज्यूलगायत विभिन्न क्षेत्रका अतिथिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा ट्राफिक सचेतनासम्बन्धी सामग्री हस्तान्तरण गर्नुका साथै सुरक्षित, व्यवस्थित तथा जिम्मेवार सडक संस्कृतिको विकास, सडक सुरक्षा प्रवर्द्धन तथा ट्राफिक दुर्घटना न्यूनीकरणका लागि सम्बन्धित निकाय, ट्राफिक प्रहरी तथा अटोमोबाइल क्षेत्रबीचको सहकार्य र समन्वयलाई अझ प्रभावकारी बनाउने विषयमा छलफल गरिएको थियो। संस्थाका महासचिव श्री संजयकुमार गुप्ताज्यूले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको संयोजन कोषाध्यक्ष श्री दिपेश खड्गीज्यूले गर्नुभएको थियो। यस कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने प्रमुख अतिथि, सम्पूर्ण अतिथिवर्ग, सहभागीहरू, जिल्ला ट्राफिक प्रहरी कार्यालय, मकवानपुर तथा सहयोगी महानुभावहरूप्रति नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपाल तथा हेटौँडा अटोमोबाइल्स एशोसिएशन हार्दिक आभार व्यक्त गर्दछ। #NADA50 #GoldenJubilee #NADA #HetaudaAutomobilesAssociation #TrafficAwareness #RoadSafety #TrafficPolice #Hetauda #Makwanpur #AutomobileIndustry #SafeRoads #NADAFamily