नाडाको स्वर्ण उत्सव समारोह अन्तर्गत ट्राफिक सचेतना प्रवर्द्धन कार्यक्रम
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा जेब्रा क्रसिङ तथा सवारी साधनहरूमा "No Horn" ट्राफिक सचेतनामूलक स्टिकर टाँस्ने अभियान सञ्चालन गरी सडक सुरक्षा, ट्राफिक नियमको पालना तथा जिम्मेवार सडक संस्कृतिप्रति जनचेतना अभिवृद्धि गर्ने प्रयास गरिएको छ। नाडाले आफ्नो ५० वर्षे गौरवशाली यात्रामा अटोमोबाइल क्षेत्रको विकाससँगै सुरक्षित, सभ्य र जिम्मेवार सडक संस्कृतिको प्रवर्द्धनप्रति निरन्तर प्रतिबद्धता व्यक्त गर्दै आएको छ। नाडाको साथका लागि, हातमा हात। #NADA #NADA50 #NADAGoldenJubilee #TrafficAwareness #RoadSafety #NoHorn #NoHornCampaign #KathmanduTrafficPolice #SafeRoads #GoldenJubilee #NepalAutomobile #Nepal