बृहत तालिम संञ्चालनका लागि नाडा र ENSSURE विच संझौता ज्ञापन पत्रमा (MoU) हस्ताक्षर

मिति २०८० साल जेष्ठ ३१ गते बुधबार नाडाको सचिवालयमा नाडाका पदाधिकारीहरु, नाडा अन्तर्गत गठीत शीप विकास इकाईका सदस्यहरु तथा स्वीस सरकारको अन्तर्राष्ट्रिय गैह सरकारी संस्था हेल्भटास अन्तर्गत रहेको नेपालमा दिगो तथा सम्मानित रोजगारीका लागि शीप परियोजना (ENSSURE) का उच्च अधिकारीहरुको समुपस्थितिमा नाडाको सचिवालय टेकुमा बृहत तालिम संञ्चालनका लागि एउटा संझौता ज्ञापन पत्र (MoU) मा हस्ताक्षर गर्ने कार्य विधिवत रुपमा सम्पन्न भएको छ । 

उक्त संझौता ज्ञापन पत्रमा नाडाकोतर्फबाट अध्यक्ष डा.ध्रुव थापा र सो परियोजनाकातर्फबाट सो संस्थाका टिम लिडर रवीन्दवहादुर सिंहले हस्ताक्षर गर्नु भएको छ । त्यसैगरी सो कार्यलाई अघि बढाउन दुवै संस्थाको सहमतिमा नियम र सर्तहरु ( TOR ) समेत तयार गरिएकोे छ । 

नाडाका सदस्य कम्पनीहरुमा कार्यरत कर्मचारी, प्राविधिज्ञहरु लगायत नयाँ कर्मचारी र प्राविधिकहरुलाई दक्ष र शीपयुक्त बनाउनका लागि लागि यो सझौता ज्ञापन पत्रमा हस्ताक्षर गरिएको हो । यसका लागि दुवै संस्थाको सहमतिमा २४ महिने र १२ महिने पाठयक्रम तयारगरी आवश्यक तालिम प्रदान गर्ने व्यवस्था गरिने छ जसका लागि नाडाका सदस्य कम्पनीहरुले आफना आवश्यकतानुसार कर्मचारी तथा प्राविधिकहरुलाई तालिम दिन सिफारिस समेत गर्नेछ । जसमा सैद्धान्तिक तथा व्यावहारिक दुवै खालको तालिम समावेश हुनेछ ।
  
नाडाले आफनो इतिहासमा पहिलो पटक यस किसिमको तालिमहरु सञ्चालन गर्न लागेको हो र नाडाले यसलाई दिर्घकालसम्म संचालन गर्ने उद्धेश्य राखेको छ । यस किसिमको तालिमले अटोमोवाइल क्षेत्रमा सहज रुपमा दक्ष जनशक्ती पूर्ति हुने विश्वास नाडाले लिएको छ । यसका लागि नाडाले छुट्टै कर्मचारी र कार्यालय समेतको  व्यवस्था गरिसकेको छ । 

नाडाले यस किसिमका कार्यहरु सुचारु रुपले सञ्चालन गर्न उपाध्यक्ष राजनबाबु श्रेष्ठको सभापतित्वमा उपाध्यक्ष निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्यद्धय प्रकाश कपुरी, कपिल शिवाकोटी, बरदान बस्नेत, तथा सोहन श्रेष्ठ सहितको ६ सदस्यीय शीप विकास इकाई समेत गठन गरेको छ । आजको यस हस्ताक्षर कार्यक्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेति, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल समेतको उपस्थिति रहेको थियो । 
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush