नाडा र काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय विच सहकार्य हुने

मिति २०८३ साल असार १ गते नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख सुरेशप्रसाद काफ्लेसंग भेटगरी काठमाण्डौ उपत्यकाको ट्राफिक व्यवस्थापनका सन्दर्भमा देखिएका विभिन्न समस्याहरुका सम्बन्धमा विस्तृत छलफल गरेको छ। 
सो छलफलका क्रममा काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका नवनियुक्त प्रमुख काफ्लेले कार्यालय र नाडाविच क्रिएटिभ र दिर्घकालिन उद्धेश्यका विषयहरुमा सहकार्यगरी अघि बढ्नु पर्ने बताउनु भयो। सोही क्रममा उहाँले पहाडीक्षेत्रमा चल्नु पर्ने ठूला सिसिका बाइकहरु पनि काठमाण्डौं शहरभित्र चल्ने गरेको गुनासो गर्नु हुँदै बाइकको तुलनामा स्कुटरको दुर्घटना कम हुने गरेको तथ्य केलाउनु भयो। यसै क्रममा उहाँले नाडाले राजधानीमा ट्राफिक सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्नु पर्ने भन्दै नाडाले ए.आई. (A.I.) प्रविधियुक्त ट्राफिक लाइट व्यवस्थाका लागि समेत पहल गर्नु पर्ने बताउनु भयो। यसै क्रममा उहाँले सवारी साधन खरिद गर्ने हरेक ग्राहक, सर्भिस सेण्टर र पहिलो पल्ट सवारी साधन चलाउन लाइसेन्स लिने हरेक व्यक्तीले काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयबाट करिव एक घण्टा अवधिको छोटो प्रशिक्षण लिनु पर्ने व्यवस्थाका लागि आग्रह गर्दै यसबाट ट्राफिक व्यवस्थापनमा ठूलो सहयोग पुग्ने विश्वास व्यक्त गर्नु भयो।  
सो छलफलको क्रममा नाडाका अध्यक्ष उप्रेतीले सो कार्यालयसंग नाडाले विगतमा गरेको सहकार्यबारे चर्चा गर्नु भयो। सोही छलफलको क्रममा उहाँले नाडाले आफ्नो आउँँदो ५०औं वार्षिक साधारण सभा अर्थात स्वर्ण उत्सवको सन्दर्भमा यही २०८३ असार १३ गते देखि १९ गतेसम्म राजधानीमा विभिन्न कार्यक्रमहरु सहित विशेष सप्ताहव्यापी कार्यक्रम मनाउन लागेको जानकारी दिनु हुँदै उक्त कार्यक्रमलाई थप भव्य र प्रभावकारी बनाउन काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको भूमिका महत्वपूर्ण हुने भएकोले आवश्यक सहयोगका लागि आग्रह समेत गर्नु भयो। यसै क्रममा नाडाका अध्यक्ष उप्रेतीले नाडाले स्टिकर मार्फत ट्राफिक जनचेतनामूलक कार्यक्रम सम्पन्न गर्ने जानकारी समेत दिनु भयो। 
सो छलफलको क्रममा नाडाका महासचिव मिलनबाबु मल्लले सो कार्यालयसंग पहिले देखि सहकार्य गर्दै आएकोले अहिले पनि नाडाले सहकार्यगरी अघि बढ्न चाहेको बताउनु भयो। सो छलफलमा उपस्थित हुनु भएका नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, सचिव मेघराज पौडेल र कोषाध्यक्ष पंकज अग्रवाल समेतले समेत आफ्ना धारणा व्यक्त गर्नु भयो।
 

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush