संचार व्यवसायी कैलाश सिरोहियालाई पक्राउ गरिएकोमा नाडाको आग्रह
संचार व्यवसायी कैलाश सिरोहियालाई राज्यद्धारा गरिएको धरपकडप्रति नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण भएको छ । यदी देशको कानून विपरित व्यक्तिगत मुद्धा भए नियम कानून अनुसार कारवाही गर्नुपर्छ भन्ने कुरामा नाडा स्पष्ट छ । तर एउटा सम्मानित व्यावसायिक प्रतिष्ठानका सञ्चालकलाई उजुरिकै आधारमा धरपकडगरी हतोत्साहित गर्ने कार्यले व्यवसायीहरुको मनोबल गिर्नुका साथै व्यवसायीहरुलाई आतङ्कित बनेको अवस्थाप्रति ध्यानाकर्षण गराउदै व्यवसायीहरुको कुरा सुन्ने र भन्न दिने वातावरण बनाउनु पर्छ भन्ने कुरामा नाडा आग्रह गर्दछ । ।
देश आर्थिक मन्दीले जर्जर भएको अवस्थामा यतिवेला व्यवसायीहरुको मनोवल बढाई लाखौ रोजगारीलाई सुनिश्चित गर्नुका साथै त्यसलाई बचाउनु पर्ने अवस्था छ । तसर्थ व्यवसायी एवं व्यावसायिक वातावरण नविगार्ने तथा व्यवसायीको लगानीलाई सुनिश्चित गर्नु पर्ने समयमा कुनै तवरबाट हटोत्साहित नबनाई दिन हामी पुनः सम्बन्धित निकायको ध्यानाकर्षण गराउन चाहान्छौ ।