नाडा अटो सो २०२५ मा दर्शकहरुको ऐतिहासिक सहभागिता

काठमाण्डौं — नाडा अटो शो २०२५ ले यसपटक फेरि एक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ३ दिनमै ७८,५१३ अवलोकनकर्ता सहभागी भइसकेका छन्। यो तथ्यांकले नेपाली जनतामा अटो शो प्रतिको बढ्दो उत्साह, विश्वास र समर्थनलाई स्पष्ट रूपमा प्रकट गर्दछ — आर्थिक चुनौती र कठिनाइबीच पनि।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालका अध्यक्षका हैसियतले म यो उपलब्धिलाई एउटा अन्त्य नभई नयाँ सुरुवातको रूपमा लिन्छु। यसले हाम्रो अपेक्षा अझ उचालिएको छ, र नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको छ।
यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्र्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाको तर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव हो।

Historical Presence of Visitors in NADA Auto Show 2025

Press Statement

Kathmandu, August 2025 - NADA Auto Show 2025 has once again set a remarkable milestone. In just three days, 78,513 visitors have already participated in the Auto Show. This extraordinary achievement highlights the ever-growing enthusiasm, trust, and support of the Nepali people towards the NADA Auto Show — despite economic headwinds and external challenges.

As the President of the NADA Automobiles Association of Nepal, I proudly affirm that this milestone is not the end but a new beginning. With such overwhelming participation, our expectations have soared higher, and the confidence to make Nepal an emerging hub for automobile innovation and mobility solutions has grown even stronger.

We extend our heartfelt gratitude to all exhibitors, sponsors, government partners, media, and above all, the enthusiastic visitors whose participation has made this success possible. Together, we are proving that the NADA Auto Show is not just an exhibition — it is a national celebration of innovation, entrepreneurship, and future-ready mobility.

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush