नाडा अटो शो २०२६ काठमाण्डौंमा भाद्र ९ देखि १४ गते सम्म आयोजना हुने
नेपालको अग्रणी, बहुचर्चित एवं भव्य व्यवसायिक अटोमोबाइल प्रदर्शनीको अठारौं संस्करणको नाडा अटो शो २०२६ यही भाद्र ९ देखि १४ गते सम्म काठमाण्डौंको भृकुटीमण्डप प्रदर्शनी स्थलमा आयोजना हुने भएको छ र नाडा अटो शो २०२६ को शिर्ष प्रायोजकमा एच.पि. लुब्रिकेन्ट्स् रहेको छ।
नाडा अटोमोवाईल्स एशोसिएशन अफ नेपालद्वारा आयोजित ६ दिन सम्म चल्ने प्रदर्शनीले तीव्र रूपमा विकसित भईरहेको नेपालको अटोमोबाइल तथा मोबिलिटी क्षेत्रको समग्र आर्थिक, सामाजिक एवं व्यवसायिक प्रतिबिम्बलाई प्रस्तुत गर्नेछ। नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस नाडा अटो शो को १८औं संस्करणलाई स्वर्ण उत्सव संस्करणको रूपमा भव्यताका साथ आयोजना गरिने भएको छ। यस प्रदर्शनीले विगतमा झैं अटोमोबाइल कम्पनीहरूलाई आफ्ना नवीनतम सवारी साधन, प्रविधि, उत्पादन तथा सेवाहरू प्रदर्शन गर्न र ग्राहक तथा व्यावसायिक सरोकारवालासँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न महत्वपूर्ण अवसर प्रदान गर्ने छ।
नाडा अटो शो को मुख्य उद्देश्य सम्पूर्ण अटोमोटिभ इको सिस्टमलाई एउटै मञ्चमा ल्याउनु र आगन्तुकहरूलाई बजारमा उपलब्ध नवीनतम उत्पादन, प्रविधि तथा नवप्रवर्तनको प्रत्यक्ष अनुभव गर्ने अवसर प्रदान गर्नु हो। यस प्रदर्शनीले अटोमोबाइल क्षेत्रसम्बन्धी जनचेतना अभिवृद्धि, व्यावसायिक सञ्जाल विस्तार तथा नेपालको अटोमोबाइल उद्योगको निरन्तर विकासमा योगदान पुर्याउने विश्वास आयोजकको रहेको छ।
लगभग तीन लाख वर्गफुट क्षेत्रफलमा आयोजना गरिएको यस प्रदर्शनीमा साना ठूला गरी २०० भन्दा बढी स्टलहरू रहने छन् जस्मा २३ वटा ब्राण्डका पेसेन्जर कार भेहिकल (PCV), १७ वटा ब्राण्डका लाइट कमर्शियल भेहिकल (LCV), १३ वटा ब्राण्डका दुई पांग्रे, १० वटा वित्तीय एवं बीमा सेवा प्रदायकहरू तथा ७० वटा अटोमोटिभ पार्टपुर्जा, एसेसरिज, टायर, लुब्रिकेन्ट्स, ग्यारेज उपकरण, र अटोमोबाइल सम्बन्धी अन्य उत्पादन र सेवाहरू प्रदर्शन गरिनेछन् र यी स्टलहरूमा नेपालमा एसेम्बल हुने सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य सामाग्रीहरू समेत रहेका छन्।
प्रायोजन एवं व्यवस्थापकीय साझेदारहरू:
• Title Sponsor: HP Lubricants
• Co-Sponsor & Insurance Partner: Shikhar Insurance Company Ltd.
• Beverage Partner: CAMPA
• Charging Partner: GI Charger
• Hospitality Partner: The Plaza
• Ticketing Partner: Khalti by IME
• Hydration Partner: Purna Water
• Mobility Partner: YANGO
• Fire Safety Partner: Hitco Pvt. Ltd.
• Connectivity Partner: WorldLink
• Surveillance Partner: HIKVISION CCTV Nepal
• Hospital Partner: Alka Hospital Pvt. Ltd.
• Food Partner: The Bakery Cafe
• Event Managed by: Global Exposition & Management Services Pvt. Ltd. (GEMS)
प्रमूख आकर्षणहरू:
• स्वर्ण उत्सव संस्करण – नाडाको ५०औं वार्षिकोत्सवको उपलक्ष्यमा यस वर्षको नाडा अटो शो स्वर्ण उत्सव संस्करण
• G1 Humanoid Robot and Go2 Quadruped Robot – भविष्यमा यातायात साधनमा आउने प्रविधी विकासको अनुभव
• Made in Nepal / Made for Nepal Pavilion – स्वदेशमै उत्पादित् सवारी साधन, ल्युब, व्याट्री, हेल्मेट एवं अन्य कम्पोनेन्टस्रूको प्रवद्धन
• प्रोडक्ट लन्च – विभिन्न ब्राण्डका नयाँ नयाँ मोडलहरूको लन्चिङ्ग
• सिम्पोसियम्स – स्मार्ट मोबिलिटी, सवारी क्षेत्रको दिगो विकास, कनेक्टिभिटीमा केन्द्रित
सुविधा तथा सुरक्षा व्यवस्था:
• सुविधाजनक जोन विभाजन : २–पाङग्रे, ४–पाङग्रे, वित्तिय संस्था, अटो कम्पोनेन्ट्स् एवं ग्यारेज उपकरर्णहरुको छुट्टा–छुट्टै प्रदर्शन
• टिकट अग्रिम बुकिङ्ग : खल्ती एप मार्फत अग्रिम खरिदको व्यवस्था । निश्चित अवधिका लागि ५० प्रतिशत क्यास व्याक
• मिडिया डेस्क : सञ्चारकर्मीहरूको समन्वयका लागि
• ट्राफिक सूचना डेस्क : महानगरीय ट्राफिक प्रहरीको साझेदारीमा
• क्याफेटेरिया : सफा एवं स्वस्थ खाद्य पदार्थ
• पार्किङ्ग व्यवस्थामा पहल : नेपाल पुलिस क्लबको ब्लु पेभिलियनको अन्डर ग्राउण्ड पार्कि· तथा सिंहदरबार स्थीत नेशनल ट्रेडिङ्ग परिसरमा समेत पार्कि·को व्यवस्था
• आपतकालिन स्वास्थ्य टोली, सिसिटिभी सुरक्षा निगरानी तथा आगो नियन्त्रण व्यवस्था
• व्हीलचेयर मैत्री
आयोजक नाडाले सम्पूर्ण अटोमोबाइलप्रेमी, उद्योग व्यवसायी, व्यावसायिक प्रतिनिधि, सञ्चारकर्मी तथा सर्वसाधारणलाई एच.पि. लुब्रिकेन्ट्स् प्रेजेन्ट्स् नाडा अटो शो २०२६ मा उपस्थित भई नेपालको मोबिलिटी क्षेत्रको भविष्यलाई आकार दिईरहेका नवीनतम प्रवृत्तिहरूको अनुभव गर्न आमन्त्रण गर्दछ। ६ दिन सम्म चल्ने उक्त नाडा अटो शो २०२६ मा लगभग २,००,००० आगन्तुकहरुले अवलोकन गर्ने विश्वास नाडाको रहेको छ।

