नाडा निर्वाचन

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको निर्वाचन प्रक्रिया संस्थाको विधान, नियमावली, प्रचलित कानुनी व्यवस्था तथा निर्वाचन अधिकृतको कार्यतालिका अनुसार व्यवस्थित, पारदर्शी र विधिसम्मत ढङ्गले अगाडि बढिरहेकोछ भन्ने कुरा आधिकारिक रूपमा सार्वजनिक गर्दछौं।
मिति २०८२/०९/०९ मा सम्पन्न ४९औँ वार्षिक साधारण सभाको निर्णयअनुसार जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट प्राप्त निर्देशन र स्वीकृति, साथै निर्वाचन अधिकृतको औपचारिक सूचनाको आधारमा निर्वाचनसम्बन्धी सम्पूर्ण प्रक्रिया वैधानिक व्यवस्थाअनुसार सञ्चालन भइरहेको छ।
निर्वाचन अधिकृत कार्यालयबाट प्रकाशित कार्यक्रमअनुसार हालसम्म सम्पन्न चरणमा उम्मेदवारी दर्ता (Nomination Filing) प्रक्रिया सम्पन्न हुँदा अध्यक्ष पदमा १ उम्मेदवारी, प्रदेश सदस्यबाट ७ उम्मेदवारी तथा साधारण सदस्यबाट १८ उम्मेदवारी संकलन गरिएकोमा साधारण सदस्यतर्फ १ उम्मेदवारी फिर्ता लिइएकोले प्रकाशित अन्तिम उम्मेदवारी नामावलीको संक्षिप्त विवरण निम्नानुसार छन्(

  • अध्यक्ष पद - १ उम्मेदवारी
  • प्रदेश सदस्य (Provincial Member) -  ७ उम्मेदवारी
  • साधारण सदस्य - १७ उम्मेदवारी

प्राप्त भएका उम्मेदवारीहरूलाई निर्वाचन अधिकृतको प्रत्यक्ष व्यवस्थापन तथा पर्यवेक्षणबाट जाँच, छानबिन र टुङ्गो भई नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यकारिणी समिति (Executive Committee) सर्वसम्मतरूपमा निर्वाचित भएको जानकारी गराइन्छ।  यसलाई संस्थागत लोकतान्त्रिक अभ्यास, एकता र सहकार्यको सकारात्मक निरन्तरता भनेर नाडाले ग्रहण गर्दछ।
नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले निर्वाचन प्रक्रिया पूर्ण रूपमा कानुनसम्मत, निष्पक्ष, पारदर्शी र शान्तिपूर्ण वातावरणमा सम्पन्न गरिने दृढ प्रतिबद्धता व्यक्त गर्दै सदस्यहरूको सहयोग, विश्वास र सक्रिय सहभागिताप्रति धन्यवाद प्रकट गर्दछ।
यस कारण, प्रतिस्पर्धात्मक निर्वाचन आवश्यक नरहेकाले पौष २५ गते तय गरिएको मतदान कार्यक्रम अब आवश्यक नभएको तथा निर्वाचनको परिणाम सोही मितिमा नाडा कार्यालयबाटै घोषणा गरिने जनकारी गराइन्छ। 
नाडाले निर्वाचन प्रक्रियामा सहयोग, विश्वास र संयमता प्रकट गर्ने सबै सदस्यहरूका लागि धन्यवाद व्यक्त गर्दै आगामी दिनहरूमा पनि संस्थालाई कानुनसम्मत, पारदर्शी, जिम्मेवार र सुदृढ ढङ्गले अघि बढाउने प्रतिबद्धता दोहोर्‍याउँछ।

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush