NADA EV Expo 2022 to be held

नाडा इभि एक्सपो २०२२ सम्पन्न हुने 


नाडाका अध्यक्ष धु्रव थापाको अध्यक्षतामा आज बसेको नाडाको ं केन्द्रीय कार्य समितिको आठौ बैठकले पहिलो पटक नाडा इभि एक्सपो २०२२ गने निर्णय गरेको छ । उक्त इभि एक्सपो मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म काठमाण्डौको भृकुटी मण्डप प्रदर्शनी हलमा हुन लागेको हो । सरकारले कार, जीप र भ्यानको आयातमा लगाएको प्रतिबन्ध २०७९ को भाद्र १४ गतेसम्मको लागि विस्तार गरे पछि नाडाले इभि एक्सपो २०२२ गर्ने निर्णय गरेको हो । 

नाडाले सन् १९९८ देखि नाडा अटो एक्सपो गर्दे आएको छ । मिति २०७९ भाद्र १ गते देखि ५ गतेसम्म स्टल बुकिङ्कका लागि सूचना समेत प्रकाशित गरिने नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ । नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले सम्बन्धित सवैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दे सवैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गर्नु भएको छ । 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRUsh