नाडा ग्रीन ड्राइभ २०२६ र्याली सम्पन्न
मिति २०८३ जेष्ठ २२ गते विश्व वातावरण दिवस २०२६ को शुभ अवसरमा नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालले आफनो इतिहासमा पहिलो पटक “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रम सम्पन्न गरेको छ।
AUCWELL, DEEPAL, VOLTS, KAMA, AMPERE, SKYWORTH, FUTURE MOTORS, NAMMI, TIAGO.EV, SUZUKI, Times Business–SKYWORTH र Nepal Insurance Company Limited को समर्थनमा बिभिन्न ब्राण्डहरुका विद्युतिय सबारी साधनहरुको सहभागितामा र्याली सम्पन्न भएको थियो। नाडाको सचिवालय टेकु देखि त्रिपुरेश्वर – दरबारमार्ग – नक्साल – गौशाला – तीनकुने – नयाँ बानेश्वर – माइतीघर मण्डला – थापाथली – कुपण्डोल – पुल्चोकस्थित द प्लाजामा सो र्यालीको समापन गरिएको थियो।
उक्त र्यालीमा सहभागी कूल ९२ जनालाई नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेती, नाडाका पूर्व अध्यक्षद्धय शम्भुप्रसाद दाहाल र कृष्णप्रसाद दुलालले प्रमाणपत्र समेत वितरण गर्नु भएको थियो।
सो प्रमाणपत्र वितरण कार्यक्रम नाडाका महासचिव मिलनबाबु मल्लले गर्नु भएको थियो भने र्यालीको सम्पूर्ण व्यवस्थापन नाडा केन्द्रीय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति महेश पालले गर्नु भएको थियो। “नाडा ग्रीन ड्राइभ २०२६” र्याली कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्याउनु हुने नाडाका सम्पूर्ण सदस्यहरुप्रति हार्दिक आभार तथा कृतज्ञता व्यक्त गर्न चाहान्छौ।

