नाडाबाट आगामी मौद्रिक नीतिका सम्बन्धमा सुझाव प्रस्तुत

मिति २०८० असार ६ गते नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल
राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीसंग भेटगरी सो बैंकले आगामी आर्थिक बर्ष २०८०/८१ को लागि नयाँ
मौद्रीक नीति जारी गर्न लागेको सन्दर्भमा छलफल गर्दे लिखित सुझावहरु समेत पेश गरेको छ ।
उक्त लिखित सुझावहरुमा हाल विद्यमान मौद्रिक नीतिमा जोखिम भार १५० प्रतिशतसम्म रहेकोेमा त्यस
व्यवस्थालाई पुरानै अर्थात ७५ प्रतिशत नै कायम गर्न अनुरोध गरिएको छ । त्यसैगरी नेपालको अटोमोवाइल क्षेत्रलाई
गतिशिल बनाउन बैकहरुबाट निजी सवारी साधनको Hire Purchase Loan  प्रवाह गर्ने प्रकियामा Loan To Value Ratio को हालको ५० प्रतिशतको सिमालाई बृद्धि गरेर ८० प्रतिशत पुर्‍याउने व्यवस्थाका लागि आग्रह गरिएको छ ।
त्यसैगरी उक्त पत्रमा चालु पूजी कर्जा निर्देशिकामा रहेको व्यवस्था अनुसार चैत्र मसान्तसम्म सावा र व्याज
बुझाएका व्यवसायीहरुलाई व्याज र किस्ता बुझाउने समय थपका लागि गत बजेटमा कुरा आएको हुंदा उक्त
समयभित्र अर्थात चैत्र भन्दा अगाडी नै सो सावा र व्याज तिर्न नसकेका व्यवसायीहरुलाई समेत सो समय थप गरी
दिने व्यवस्थाका लागि अनुरोध गर्दै दुई करोड भन्दा माथीको व्यवसायमा कूल कारोबारको २५ प्रतिशत मात्रै बैंकबाट
लगानी गर्ने भन्ने व्यवस्थालाई लचिलो बनाई व्यवसायको प्रकृति हेरेर त्यसमा पूनरावलोकनका लागि समेत अनुरोध
गरिएको छ ।
यसै परिप्रेक्ष्यमा नाडाले व्यवसायीहरुले DO पाएर नामसारी र सवारी साधनहरुको डेलिबरी गरेपछि बैंकहरुले
भुक्तानी गर्ने समयावधी तोकीनु पर्ने र यसका लागि हप्ता दिनभित्र भुक्तानी हुने व्यवस्थाका लागि आग्रह गर्दे
उल्लेखित सुझावहरुको समुचित सम्बोधन भएमा नेपालको अटोमोवाइल व्यवसाय चलायमान हुने र त्यसको प्रत्यक्ष
सकारात्मक प्रभाव देशको राजश्वमा पनि पर्ने धारणा राखेको छ ।
उक्त भेटघाट र छलफलमा नाडाका अध्यक्ष थापाले विगतमा नेपाल राष्ट्र बैंकले जारी गरेका नीति निर्देशनहरु
हामीलाई अप्रिय लागेको भए पनि उक्त नीति निर्देशनहरुका कारण देशको बर्तमान आर्थिक परिदृश्यमा सकारात्मक
प्रभाव पार्दे लगेको कुरा बताउनु भयो । सोही छलफलको क्रममा गर्भनर अधिकारीले नाडाको सुझावहरुप्रति नेपाल
राष्ट्र बैंक सकारात्मक रहेको र आउदो मौद्रिक नीतिबाट नेपालको अटोमोवाइल क्षेत्रले सहजता महशुस गर्ने विश्वास
व्यक्त गर्नु भयो । सो छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व
समितिका सभापति आकाश गोल्छा तथा केन्द्रीय कार्य समिति सदस्य तथा सुदूर पश्चिमाञ्चल अटोमोवाइल डिलर्स
एशोसिएशनका अध्यक्ष पुष्कर ओझा समेतको उपस्थिति रहेको थियो ।

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush