पोखरामा नाडा र नाडाको प्रदेश एशोसिएशनहरु विच अन्तरक्रिया कार्यक्रम सम्पन्न ।
मिति २०८० मंसिर १५ गते पोखरामा नाडाका अध्यक्ष डा. ध्रुव थापाको प्रमुख आतिथ्यतामा पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन र नाडाका प्रदेश एशोसिएशनका अध्यक्ष तथा पदाधिकारीहरुसंग बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । २०८० मंसिर १६ गते पोखरामा सम्पन्न भएको पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशनको १८ औं वार्षिक साधारण सभाको पूर्व सन्ध्यामा सो अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।
उक्त अन्तरक्रिया कार्यक्रममा नाडाका अध्यक्ष थापाले नाडा अटो शो २०२३ को सफलतापूर्वक सम्पन्न भएको र उक्त शोबाट देशको आर्थिक अवस्थालाई चलायमान बनाउन मद्धत पुगेको, व्यापार र आयातमा केही सुधार भईरहेको कारण सरकारले प्राप्त गर्ने राजश्वमा पनि सुधार आईरहेको भन्दैं नाडाले अटोमोवाइल प्रविधिकहरुको स्तर बृद्धिका लागि स्थायी रुपमा स्कील डेभलभमेण्ट कार्यक्रम समेत सञ्चालन गरिरहेको जानकारी दिनु भयो । सोही क्रममा अध्यक्ष थापाले परिणाममुखी सचिवालयको व्यवस्थापन र नाडा सदस्यहरुको डिजिटलाईजेशन गरी नाडालाई चुस्त दुरुस्त बनाउने कार्य भईरहेको विषयमा पनि जानकारी दिनु भयो ।
उक्त अन्तरक्रियामा जाजरकोट र रुकुममा हालै गएको भुकम्प पीडितहरुको राहतका लागि नाडाले कर्णाली अटोमोवाइल्स एशोसिएशन मार्फत सहयोग वितरण गरिरहेको जानकारी दिनु हुदै सो राहत वितरणका लागि आवश्यक सहयोग पु¥याई दिनु भएकोमा सो एशोसिएशनका अध्यक्ष भन्द्र भण्डारी तथा अन्य पदाधिकारी तथा सदस्यहरुलाई धन्यवाद व्यक्त गर्नु भयो । यसैक्रममा अध्यक्ष थापाले सो अन्तरक्रीया कार्यक्रममा नाडा र प्रदेश एशोसिएशनविचको सम्बन्धमा थप आत्मियता तथा विश्वासको वातावरण सृजना गर्न नाडा कार्य समिति सधै प्रतिवद्ध रहेको धारणा व्यक्त गर्नु भयो । उक्त अन्तरक्रिया कार्यक्रममा उपस्थित सदस्यहरुले अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा आ आफना धारणाहरु व्यक्त गर्नु भएको थियो । नाडा र प्रदेश एशोसिएशनहरु विचको सम्बन्धलाई प्रगाढ र सुदृढ बनाउन नाडाले हरेक बर्ष यस किसिमका अन्तरक्रीया कार्यक्रमहरु सम्पन्न गर्दै आएको छ ।
उक्त भेटघाट तथा छलफलमा नाडाका निबर्तमान अध्यक्ष कृष्णप्रसाद दुलाल, उपाध्यक्षहरु सुभाष आचार्य, मोहन बाबु खड्का, निराकार श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उपे्रती, सचिव विक्रम सिंहानिया, कोषाध्यक्ष मिलनबाबु मल्ल, सहकोषाध्यक्ष पंकज अग्रवालको उपस्थिति रहेको थियो त्यसैगरी सो कार्यक्रममा नाडा केन्द्रीय कार्य समितिका सदस्यहरु गणेश भट्टराई, पुष्कर ओझा, भद्र भण्डारी, सुनिल रिजाल, आकाश गोल्छा, प्रकाश कपुरी, अनुप बराल, कपिल शिवाकोटी, निलमणी पाठक, प्रदिममान प्रधान, यमुना श्रेष्ठ, दीपक अग्रवाल, निशान ढकाल समेतको उपस्थिति रहेको थियो ।
त्यसैगरी सो कार्यक्रमा नाडाका प्रदेश एशोसिएशनहरुबाट कृष्णप्रसाद श्रेष्ठ, सञ्जयकुमार श्रेष्ठ, केदार अग्रवाल, दिपेन्द्र कोइराला, शम्भुलाल श्रेष्ठ, नुरज बाटाजु, छविलाल सुवेदी, हरिप्रसाद तिवारी, दिपेन्द्र भण्डारी, अशोक चालिसे, सौरभ थापा र विकास ठकुरी समेतको उपस्थिति रहेको थियो ।