प्रधानमन्त्रीसंग नाडा प्रतिनिधि मण्डलको भेट ।
मिति २०७९ भाद्र ९ गते, नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले सम्माननीय प्रधानमन्त्री श्री शेरवहादुर देउवासंग भेटी विभिन्न विषयहरुमा छलफल गरेकोे छ । उक्त भेटघाट तथा छलफलमा अध्यक्ष थापाले अटोमोवाइक्षेत्रको बृहत योगदान हुंदा हुदै पनि विदेशी मुद्रा सञ्चिति घटेको एकमात्र कारण देखाउदै सरकारले २०७९ बैशाख १४ देखि भाद्र १४ गते सम्मका लागि नीजी सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाएको छ भन्नु हुदै नीजि सवारी साधनहरुको आयात रोक्नु पर्ने कुनै तथ्यगत कारण नरहेको धारणा राख्नु भयो । सो छलपलमा अध्यक्ष थापाले कार, जीप र भ्यान जस्ता नीजि प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह समेत गर्नु भएको थियो ।
त्यसैगरी सो भेटघाटको क्रममा नाडाका उपाध्यक्ष तथा सार्वजनिक सवारी साधन समितिका सभापति राजनबाबु श्रेष्ठले हाललाई नेपाल सवारी प्रदुषण मापदण्ड युरो—६÷बिएस—६ लागु गर्दा ब्यवसायी, जनता तथा समग्र देशलाई आर्थिक ब्ययभार पर्न जाने भएकोले तत्काल सुरुवाती चरणमा युरो—४÷बिएस—४ लागु गरी त्यसको दुई बर्ष पछि मात्र युरो—६÷बिएस—६ सवारी प्रदुषण मापदण्ड लागु गर्ने ब्यवस्थाका लागि अनुरोध गर्नु भएको थियो ।
यसै छलफलको क्रममा नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतिले यही २०७९ साल अशोज ६ गते देखि ९ गतेसम्म भृकुटी मण्डप, प्रदर्शनी मार्ग, काठमाण्डौंमा आयोजना हुने एतिहासिक ल्ब्म्ब् भ्ख् भ्हउय द्दण्द्दद्द को उद्घाटन र सम्बोधनका लागि समेत आग्रह गर्नु भएको थियो । उक्त छलफलमा नाडाका कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्यद्धय निराकार श्रेष्ठ तथा आकाश गोल्छा समेतको उपस्थिति रहेको थियो ।
सोहि दिन नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको प्रतिनिधी मण्डलले माननीय अर्थ मन्त्री श्री जनार्दन शर्मासंग उहाँकै कार्यकक्षमा भेटी सरकारले २०७९ बैशाख १४ देखि भाद्र १४ गते सम्मका लागि नीजी सवारी साधनहरुको आयातमा प्रतिवन्ध लगाएको सन्दर्भमा सो प्रतिवन्ध फुकाउनका लागि आवश्यक पहल गरि दिन आग्रह गर्दे तत्सम्बन्धी विषयमा आवश्यक तथ्यहरु समेत प्रस्तुुत भएको थियोे । सो छलफलमा उहाँले देशको कूल भन्सार राजश्वमा लगभग २० प्रतिशत योगदान (९० अर्व रुपिया) सम्पूर्ण अटोमोवाइल साधनहरुबाट हुने गर्दछ । त्यस्तै निजी प्रयोजनका कार जिप भ्यानको आयात मात्रैले पनि देशको कूल भन्सार राजश्वमा लगभग ९ प्रतिशत ( ४० अर्व रुपिया ) योगदान पु¥याएको छ । नीजि सवारी साधनहरुको आयातमा गत बर्ष अर्थात आर्थिक बर्ष २०७८÷७९ मा कार जीप र भ्यान जस्ता निजी प्रयोजनका (हाल सरकारले प्रतिवन्ध लगाएका) सवारी साधनहरुको आयातमा कूल आयातको १ प्रतिशत भन्दा कम रहेको जानकारी समेत दिनु भएको थियो । सो छलफलमा उपस्थित हुनु भएका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा नाडाका पूर्व अध्यक्ष शेखर गोल्छाले निजी प्रयोजनका सवारी साधनहरुको आयातमा लागेको प्रतिवन्ध यथा समय मै खुलाउने व्यवस्थाका लागि आग्रह गर्नु भएको थियो । सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ, महासचिव सुरेन्द्रकुमार उप्रेति, कोषाध्यक्ष मिलनबाबु मल्ल, केन्द्रीय कार्य समिति सदस्य तथा सवारी साधन समितिका सभापति निराकार श्रेष्ठ, केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छा, केन्द्रिय कार्य समितिका सदस्य तथा वातावरण समितिका सभापति कपिल शिवाकोटी तथा नाडाका महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो ।