वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशकसंग छलफल ।

मिति २०८० श्रावण २४ गते नाडाका अध्यक्ष डा. ध्रुव थापाको नेतृत्वमा गएको एक प्रतिनिधिमण्डलले वाणिज्य आपूर्ति तथा उपभोक्ता शरक्षण विभागका महानिर्देशक गजेन्द्रकुमार ठाकुरसंग भेटगरी विभिन्न विषयहरुमा छलफल गरेको छ । 

    सो भेटघाट तथा छलफलमा अध्यक्ष थापाले विशेषगरी बाणिज्य विभागमा फर्म÷कम्पनीहरु दर्ता नविकरण गर्ने क्रममा देखिएका समस्याहरु र भन्सार विभागले हालै जारी गरेको पैठारीकर्ताले आफनो सामान विक्रीका लागि बजारमा पठाउदा सो सामानमा स्टीकर लगाउनु पर्ने व्यवस्था बारे जिज्ञासा राख्नु भएको थियो । 

यसै छलफलको क्रममा महानिर्देशक ठाकुरले, पैठारीकर्ताहरुले कम्पनीको उद्धेश्यहरुमा कुन कुन सामानहरु आयात गर्ने हो कम्पनीको प्रवन्धपत्रमा सोही अनुसार खुलाएको खुलाएको हुनु पर्ने जानकारी दिनु भयो । त्यसैगरी महानिर्देशक ठाकुरले स्टिकर सम्बन्धी नियम २०७५ साल देखि लागु भईसकेको विषयलाई अहिले मात्र कार्यान्वयनमा लैजान लागेको र यसको कार्यान्वयनमा विभिन्न व्यावहारिक समस्याहरु देखिएको सन्दर्भमा त्यसको सहजीकरका लागि विभागले सहयोग समेत गर्ने बताउनु भयो ।

 सो बैठकमा उपस्थित हुनु भएका नाडाका सचिव बिक्रम सिंहानिया, सहकोषाध्यक्ष पंकज अग्रवाल केन्द्रीय कार्य समिति सदस्य तथा स्पेयर पार्टस डिष्ट्रिव्युटर्स समितिका सभापति सुनिल रिजाल तथा केन्द्रीय कार्य समिति सदस्य तथा राजश्व समितिका सभापति आकाश गोल्छाले ती नीतिहरुको कार्यान्वयनमा आउने समस्याहरु बारे चर्चा गर्नु भएको थियो । उक्त छलफलमा विभागका सम्बन्धित निर्देशकहरु समेतको उपस्थिती रहेको थियो ।
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush