नाडाको नवनिर्वाचित अध्यक्षलाई पदभार हस्तान्तरण तथा सपथ ग्रहण सम्पन्न

आज मिति २०८२ साल फाल्गुन २८ गते बसेको नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) को केन्द्रीय कार्यसमितिको पहिलो बैठकमा नाडाका निवर्तमान अध्यक्ष श्री करण चौधरीज्यूले नवनिर्वाचित अध्यक्ष श्री सुरेन्द्रकुमार उप्रेतीज्यूलाई आफ्नो पदभार विधिवत रूपमा हस्तान्तरण गर्नुभएको छ। सो अवसरमा निवर्तमान अध्यक्ष चौधरीज्यूले नवनिर्वाचित अध्यक्ष उप्रेतीज्यूलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नाडाको संस्थागत विकास तथा अटोमोबाइल क्षेत्रको उन्नयनमा उहाँको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभएको छ।
यसै अवसरमा नवनिर्वाचित अध्यक्ष श्री सुरेन्द्रकुमार उप्रेतीज्यूले पद तथा गोपनीयताको सपथ ग्रहण गर्दै आफ्नो कार्यकालमा नाडाको उद्देश्य, विधान तथा मूल्य मान्यताहरू अनुरूप संस्थालाई अझ सशक्त, सक्रिय तथा प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सम्पूर्ण सदस्य व्यवसायीहरूको हित संरक्षण, अटोमोबाइल क्षेत्रको विकास तथा सम्बन्धित सरोकारवाला निकायहरूसँग सहकार्य गर्दै अघि बढ्ने धारणा व्यक्त गर्नुभएको छ।
उक्त बैठककै क्रममा नाडाका नवनिर्वाचित अध्यक्ष श्री सुरेन्द्रकुमार उप्रेतीज्यूले नाडा विधान २०७८ को दफा २०.१ को ‘ङ’ बमोजिम श्री महेश पाल, श्री दीपककुमार अग्रवाल तथा श्री राजेश गिरीलाई नाडाको केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नुभएको छ। उहाँले मनोनित सदस्यहरूलाई स्वागत गर्दै संस्थाको आगामी गतिविधिहरूमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा व्यक्त गर्नुभएको छ।
साथै, नाडाको केन्द्रीय कार्यसमितिले निकट भविष्यमै पदाधिकारीहरूको चयनका लागि निर्वाचन प्रक्रिया सम्पन्न गर्ने निर्णय समेत गरेको छ। आगामी दिनहरूमा नाडाले अटोमोबाइल क्षेत्रको समग्र विकास, व्यवसायीहरूको हकहित संरक्षण तथा नीतिगत सहकार्यलाई थप सुदृढ गर्दै अघि बढ्ने विश्वास व्यक्त गर्नुभएको छ।
 

Gallery

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush