आयात प्रतीतपत्र (ीऋ) खोल्ने कार्यलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई नाडाकोे आग्रह

मिति २०७८ चैत्र २५ गते, नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको चार सदस्यीय प्रतिनिधी मण्डलले सम्मानीय प्रधानमन्त्री श्री शेरवहादुर देउवासंग भेट गरेको छ । 

उक्त भेटघाटमा अध्यक्ष थापाले २ खर्व भन्दा बढीको लगानी रहेको, हरेक बर्ष १ खर्व ५० अर्व भन्दा बढी राजश्वमा योगदान पु¥याउदै आएको र देशको प्रत्यक्ष रोजगारीमा ५० हजार भन्दा बढीलाई अवसर दिदै आएको नेपालको अटोमोवाइलक्षेत्रलाई नजरअन्दाज गर्दे बैङ्क जस्ता वित्तिय निकायहरुले सम्पूर्ण सवारी तथा ढुवानीका साधन लगायत त्यसमा प्रयोग हुने स्पेयर पार्टसको आयातका लागी प्रतितपत्र ९ ीऋ ० खोल्ने सम्बन्धमा व्यवसायीहरुलाई कुनै समय नै नदिई अप्रत्यासित रुपमा बन्द गरिएको सम्बन्धमा गुनासो गर्दै यसबारे तत्काल सम्बोधन गरि दिन आग्रह गर्नु भयो । सो छलफलमा महासचिव सुरेन्द्रकुमार उप्रेतिले अटोमोवाइलक्षेत्रको ठूलो योगदानका वावजूद पनि सरकारका नीतिहरु हमेशा अटोमोवाइल व्यवसायीहरुलाई निरुत्साहित गर्ने खालको हुने गरेको गुनासो गर्नु भयो ।

उक्त छलफलको क्रममा सम्माननीय प्रधानमन्त्रीले नाडाको सुझावहरुलाई सकारात्मक रुपमा लिदै सवारी साधनहरुको आयातका लागी प्रतितपत्र ९ ीऋ ० खोल्न बन्द गरिएको सन्दर्भमा त्यसबारे आवश्यक जानकारी लिई सम्बन्धित निकायमा निर्देशन दिइने आश्वासन समेत दिनु भयो । सो छलफलमा कोषाध्यक्ष मिलनबाबु मल्ल तथा केन्द्रीय कार्य समिति सदस्य निराकार श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush