नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न ।

नाडा इभि एक्सपो २०२२ का लागि लक्की ड्र कार्यक्रम सम्पन्न ।

नेपालमा पहिलो पटक नाडाले आयोजना गर्न लागेको NADA EV Expo 2022 को तयारी तिब्रगतिमा अगाडी बढीरहेको छ । चार पाँग्रे, तिन पाँग्रे दुई पाँग्रे विद्युतिय सवारी साधनहरुको उल्लेख्य सहभागिता रहने भएको छ । यसैगरी सो प्रदर्शनीमा अटोकम्पोनेण्ट, टायर, व्याट्री, ग्यारेज इक्यूपमेण्टस, चार्जिङ्ग स्टेशन, लगायत बैङ्क तथा इन्स्योरेन्स कम्पनीहरु समेतगरी कूल ४५ भन्दा बढी कम्पनीहरुको सहभागिता हुने भएको छ । ।

काठमाण्डौको भृकुटी मण्डपमा मिति २०७९ असोज ६ गते देखि ९ गतेसम्म आयोजना हुने NADA EV Expo 2022 मा सहभागी हुने कम्पनीहरुको लागि लक्की ड्र कार्यक्रम आज टेकु स्थित आफनै सचिवालयमा सम्पन्न गरेको नाडा अटो एक्सपो समितिका सभापति अनुप बरालले जानकारी दिनु भएको छ । उक्त लक्की ड्र कार्यक्रममा नाडाका अध्यक्ष धु्रव थापा, कोषाध्यक्ष मिलनबाबु मल्ल, तथा केन्द्रीय कार्य समिति सदस्य प्रदिपमान प्रधान समेतको उपस्थिति रहेको थियो । 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRUsh