नाडा समाचार
वाणिज्य मन्त्री र सचिवसंग भन्सार जाँचपास रोकिएको सम्बन्धमा छलफल
२०७९ श्रावण १९ गते, नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बदुसंग मन्त्रालयमै भेटगरी सरकारले हालै राजपत्र मार्फत सम्बत २०७९ बैशाख १३ गते भन्दा अगाडी नै एल.सि खोलि नेपालको भन्सार नाकाहरुमा आईसकेको सवारी साधनहरुको समेत भन्सार जाँचपास रोकिएको सन्दर्भमा त्यसलाई तत्कालै खुलाउने व्यवस्थाका लागि आग्रह गर्नु भएको थियो । सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा नाडाका महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो । यसैगरी मिति २०७९ श्रावण २२ गते नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य सचिव डा. गणेशप्रसाद पाण्डेसंग पनि सोहि विषयमा समस्या समाधानका लागि आग्रह गरेको थियो । सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा नाडाका नव नियुक्त महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो । हाल सो मन्त्रालयबाट यो विषयको समाधान भईसकेको सन्दर्भमा नाडा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई हार्दिक धन्यवाद व्यक्त गर्दछ ।
बातावरण विभागमा नयाँ नेपाल सवारी प्रदुषण मापदण्डका विषयमा छलफल
मिति २०७९ श्रावण २१ गते नाडाका अध्यक्ष धु्रव थापाले वातावरण विभागका महानिर्देशक नमराज घिमिरेसंग भेटी सो विभागले ल्याउन लागेको नेपाल सवारी प्रदुषण मापदण्डका विषयमा बृहत छलफल गरेको थियो । उक्त छलफलको क्रममा अध्यक्ष थापाले सरकारले हाल द्यक्(द्ध नै लागु गर्नु पर्ने तथा द्यक्(ट लागु गर्दा त्यसको कार्यान्वयनको लागि व्यवसायीहरुलाई दुई बर्षको समय उपलब्ध गराउन आग्रह गर्नु भएको थियो । सो विभागले नयाँ नेपाल सवारी प्रदुषर्ण मापदण्डका विषयमा आवश्यक अध्ययन गर्न महानिर्देशक घिमिरे कै नेतृत्वमा ३ सदसिय कार्यदल समेत गठन गरेको थियो । उक्त छलफलमा नाडाका उपाध्यक्ष तथा सार्वजनिक सवारी साधन समितिका सभापति राजनबाबु श्रेष्ठ समेतको उपस्थिति रहेको थियो ।
नाडा इभि एक्सपो आयोजना सम्पन्न गर्न बारे छलफल
२०७९ श्रावण २२ गते नाडाका अध्यक्ष धु्रव थापाको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्गसंग भेटगरी काठमाण्डौमा पहिलो पटक नाडा इभि एक्सपो आयोजनाको लागि सहकार्य गर्ने लगायत नेपालमा विद्युतिय सवारी साधनहरुको उपयोग र चार्जिङ्ग स्टेशनहरुको स्थापना बारे छलफल गरेको थियो । सो छलफलमा नाडाका उपाध्यक्ष राजनबाबु श्रेष्ठ तथा महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो ।
यातायात व्यवस्था विभागमा छलफल
मिति २०७९ साल भाद्र १ गते नाडाका अध्यक्ष धु्रव थापाले यातायात व्यवस्था विभागका महानिर्देशक सुरेश रावतसंग भेटी विभिन्न विषयमा छलफल गरेको थियो । सो छलफलमा अध्यक्ष थापाले द्यक्( ट को सम्बन्धमा नाडाको धारणा लगायत सवारी साधनहरुमा इम्बोष्ड नम्बर प्लेट लगाउने र लाईसेन्स वितरण प्रणालीका सम्बन्धमा छलफल गर्नु भएको थियो । उक्त छलफलमा महानिर्देशक रावतले सम्बन्धित विषयहरुमा नाडासंग सहकार्य गरेर अघि बढने बताउनु भएको थियो । उक्त छलफलमा नाडाका महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो ।
वाणिज्य विभागमा अटोमोवाइल व्यवसायको मार्जिनका सम्बन्धमा छलफल
नाडाका विभिन्न समस्याहरुलाई लिएर विभिन्न विभागका महानिर्देशकहरुसंगको भेटघाटलाई निरन्तरता दिने क्रममा अध्यक्ष थापाले यही २०७९ भाद्र २ गते वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक लिलाप्रसाद शर्मासंग उहाकै कार्यकक्षमा भेटी सवारी साधनहरुको व्यवसायमा हुने मार्जिनबारे प्रष्ट पार्दे विद्युतिय सवारी साधनहरु आयात गर्दा हरेक पटक ऋइए लिनु पर्ने व्यवस्थाले व्यवसायीहरुलाई कठीनाई उत्पन्न भईरहेकोले अन्य सवारी साधनहरुको सन्दर्भमा लागु भएको व्यवस्था नै विद्युतिय सवारी सवारी साधनहरुमा पनि लागु गर्ने व्यवस्थाका लागि आग्रह गर्नु भएको थियो । सो छलफलमा महानिर्देशक शर्माले त्यस ऋइए को विषयलाई छिट्टै समाधान गरिने आश्वासन दिदै विभागले सदैव व्यवसायीहरुको सम्बर्दनको लागि काम गरिरहेको बताउनु भएको थियो । सो भेटघाटमा नाडाका महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्र बैंङ्क र आन्तरिक राजश्व विभागसंग छलफल
यही २०७९ भाद्र ५ गते सवारी साधन समितिका सभापति निराकार श्रेष्ठ तथा राजश्व समितिका सभापति आकाश गोल्छाले नेपाल राष्ट्र बैंङ्कका कार्यकारी निर्देशक रामु पौडेलसंग भेटी सरकारले कार जीप र भ्यानको आयातमा लगाएको प्रतिवन्धका कारण व्यवसायमा परेको प्रभाव बारे छलफल गरेको थियो । सो भेटमा नाडा केन्द्रीय कार्य समिति सदस्य समेत रहनु भएका श्रेष्ठले सो सवारी साधनहरुको आयातले कूल विदेशी संचितिमा १ प्रतिशत मात्र प्रभाव पार्ने तर त्यसले देशको राजश्वमा ८ प्रतिशत भन्दा बढी योगदान दिने जानकारी दिदै त्यसलाई प्रमाणित गर्ने विभिन्न विवरणात्मक तथ्यहरु समेत प्रस्तुत गर्नु भएको थियो । सो छलफलको क्रममा कार्यकारी निर्देशक पौडेलले नाडाबाट प्रस्तुत तथ्यगत विवरणको प्रशंसा गर्दे भविष्यमा पनि यसबारे थप छलफल गर्दे जाने बताउनु भएको थियो । सोही छलफल कै क्रममा उहाँले नेपाल राष्ट्र बैंकले नाडालाई गर्न सक्ने विषयहरुमा सहयोग गर्न तयार रहेको समेत बताउनु भएको थियो । नेपाल राष्ट्र बैंकका अन्य उच्च अधिकारीहरु समेतको उपस्थिति रहेको सो छलफलमा नाडाका महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो । त्यसैगरी यहि २०७९ भाद्र ६ गते सवारी साधन समितिका सभापति निराकार श्रेष्ठ तथा राजश्व समितिका सभापति आकाश गोल्छाले आन्तरिक राजश्व विभागका महानिर्देशक रितेषकुमार शाक्यसंग भेटी सोहीे विषयमा छलफल गरेको थियो । सो भेटमा पनि सवारी साधनहरुको आयातले कूल विदेशी संचितिमा १ प्रतिशत मात्र प्रभाव पार्ने तर त्यसले देशको राजश्वमा ८ प्रतिशत भन्दा बढी योगदान दिने जानकारी दिदै त्यसलाई प्रमाणित गर्ने विभिन्न विवरणात्मक तथ्यहरु समेत प्रस्तुत गर्नु भएको थियो ।