नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखासंग सहकार्य गर्ने । 

नाडाले महानगरिय ट्राफिक प्रहरी महाशाखासंग सहकार्य गर्ने । 

मिति २०७९ भाद्र १९ गते नाडाका अध्यक्ष ध्रुब थापाको नेतृत्वमा गएको नाडाको एक प्रतिनिधि मण्डलले महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख मिरा चौधरीसंग भेटी विभिन्न विषयहरुमा छलफल गरेको छ । उक्त भेटघाटमा अध्यक्ष थापाले नाडाले २०७९ अशोज ६ गते देखि ९ गतेसम्म भृकुटीमण्डप, काठमाण्डौमा नाडाको पहलमा नेपालमा पहिलो पटक NADA EV Expo 2022को आयोजना हुन लागेको जानकारी दिनु हुदै सो महाशाखाबाट राजधानीमा ट्राफिक जनचेतना विस्तार गर्ने उद्धेश्य परिपूर्तिका लागि आवश्यक सामग्रिहरु सहितको स्टल राख्ने व्यवस्थाका लागि अनुरोध गर्नु भएको थियो ।  

उक्त छलफलमा नाडाका महासचिव सुरेन्द्रकुमार उपे्रतिले ४ दिनसम्म चल्ने सो प्रदर्शनीका लागि आवश्यक ट्राफिक व्यवस्थापन समेत गरि दिन अनुरोध गर्नु भएको थियो । यसै क्रममा महासचिव उप्रेतिले नाडा र महानगरिय ट्राफिक प्रहरी महाशाखाविच एक दशकभन्दा अघि देखि नै विभिन्न विषयहरुमा सहकार्य हुदै आएको भन्दै आउदा दिनहरुमा पनि महाशाखासंग विभिन्न विषयहरुमा सहकार्य गरेर बढने नाडाको प्रतिवद्धता रहेको बताउनु भएको थियो । 

सो भेटघाटको क्रममा महाशाखा प्रमुख चौधरीले के के विषयमा सहकार्य गरेर नाडासंग अघि बढन सकिन्छ त्यसका लागि महाशाखाले तत्सम्बन्धी प्रस्ताव नै पेश गर्ने र द्धिपक्षिय सम्बन्धलाई विस्तार गर्दे लैजाने धारणा राख्नु भएको थियो । सो छलफलमा उपाध्यक्षद्धय राजनबाबु श्रेष्ठ, सुनिल रिजाल, कोषाध्यक्ष मिलनबाबु मल्ल, सचिव विक्रम सिंहानिया र महानिर्देशक रामराज प्रताप भण्डारी समेतको उपस्थिति रहेको थियो । 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush