वाणिज्य सचिवसंग नाडा प्रतिनिधिहरुको छलफल

आज मिति २०८० पौष ३ गते नाडाका अध्यक्ष डा. ध्रुव थापाज्यूको नेतृत्वमा गएको एक प्रतिनिधि मण्डलले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका बाणिज्य सचिव श्री नारायण प्रसाद दवाडीज्यूसंग उहाकै कार्यकक्ष सिंहदरबारमा भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न समस्याहरुका विषयमा विस्तृत छलफल गरेको छ । 

उक्त छलफलमा नाडाका अध्यक्ष थापाज्यूले एल।सि खोलिएका गाडीहरु पैठारी गर्ने पर्ने वाध्यता रहेकोले सन २०१९ देखि विभिन्न मुलुकहरुबाट पैठारी गरिएका  करिव २००० सवारी तथा ढुवानीका साधनहरु वीरगञ्ज तथा भैरहवा भन्सार परिसरमा जम्मा भएको र ती सवारी साधनहरुको विक्री हुन नसकेको कारण धेरै डिमुरेज चार्ज तिर्नु पर्नाले पैठारीकर्ताहरु थप मारमा परिरहेकोले डिमुरेज चार्जमा एथोचित छुट दिने व्यवस्थाका लागि आग्रह गर्नु भयो । त्यसैगरी नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीज्यूले नेपालको दक्षिणी सीमाक्षेत्रमा इण्डियन नम्बर प्लेटका गाडिहरु चल्ने भएकोले त्यसबाट सरकारले पाउनु पर्ने राजश्व गुमाईरहेकोले यसका लागि सरकारले नियमन गर्नु पर्ने धारणा राख्नु भयो ।

सो छलफलमा सचिव दुवाडीज्यूले ५ बर्ष अघि देखि ल्याइएका व्यावसायिक महत्वका सवारी तथा ढुवानीका साधनहरुको विवरण सहितको सख्या र सवारी साधनहरुको विक्रीमा के कति कमी आएको छ त्यसबारेमा मन्त्रालयलाई जानकारी दिन अनुरोध गर्नु भयो । यसै क्रममा उहाँले पहिले पहिले सरकारले डेमुरेज चार्जको विषयमा के कति छुट दिएको थियो र अहिले के कति डेमुरेज चार्ज लागेको छ त्यसबारे पनि जानकारी दिन अनुरोध गर्नु भयो । 
 

Share this Post


Relevant News & Notices

All Rights Reserved - NADA Automobile Association

Coded with by KTMRush